Home Bibles रोमी 14:22 · नेपाली बाइबल
रोमी 14:22 · नेपाली बाइबल

यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।

Cross references

प्रेरित 24:16

यही कारणले म सधैं परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।

रोमी 7:15

म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु।

रोमी 7:24

म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?

रोमी 14:2

आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि उ खाली साग-सब्जी मात्र खान सक्छ।

रोमी 14:5

कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ।

रोमी 14:14

म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।

रोमी 14:23

तर कसैले शंका गर्दै केही कुरो खान्छ भने उ स्वयं नै दोषी हुँदछ। किन? किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।

2 कोरिन्थी 1:12

यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।

गलाती 6:1

दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।

याकूब 3:13

यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।

1 यूहन्ना 3:21

मेरा प्रिय मित्रहरु, यदि हाम्रो विवेकले हामीलाई र्भत्सना गर्दैन भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौ।

Interlinear

Choose Theme