Home Bibles ☰ Books प्रकाश 8:4 · नेपाली बाइबल
प्रकाश 8:4 · नेपाली बाइबल

धूपको धुवाँ स्वर्गदूतको हातबाट उँभो उठेर परमेश्वरकहाँ गयो। त्यो घुवाँ परमेश्वरका मानिसहरुको प्रार्थनासितै उँभो गयो।

Cross references

प्रस्थान 30:1

परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ।

भजनसंग्रह 141:2

परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।

लूका 1:10

त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।

प्रकाश 8:3

अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरुको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनोलो बेदीमा राखे।

प्रकाश 15:8

मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरु पुरा नहुञ्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।

Interlinear

Choose Theme