“भूमि वा समुद्र वा बृक्षहरुलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरुको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट न पुर्याऊ।”
Cross references
परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्।
तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुँनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ।
एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंश गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।
हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ। ढोकाहरू बन्द गर। केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक। परमेश्वरको क्रोध शान्त नभइञ्जेल सम्म लुक।
परमप्रभुले इस्राएललाई टाढा पठाएर आफ्नो तर्कलाई साम्य पार्नुहुनेछ। परमप्रभु इस्राएलसित कर्कश शब्दमा बोल्नु हुनेछ। उहाँका शब्दहरूले मरूभूमिनको तातो हावाले जस्तै पोल्नेछ।
मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।”परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।”
परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंश पार्ने छैन।
तब परमप्रभुले उसलाई भन्नुभयो, “यरूशलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दुखी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।”
यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ।
त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।” त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए।
तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैं आराधना गर्छौ, तिमीलाई बचाउन।”
सबै नम्र मानिसहरू परमप्रभुकहाँ जाऊ। उहाँका नियमहरू पालन गर, राम्रो कुराहरू सिख, नम्रता खोज। तब मात्र तिमीहरू सुरक्षित रहनसक्छौ जुन समय परमप्रभुले क्रोध प्रकट गर्नुहुन्छ।
मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।