Home Bibles ☰ Books इजकिएल 48:31 · नेपाली बाइबल
इजकिएल 48:31 · नेपाली बाइबल

त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका।

Cross references

उत्पत्ति 35:22

इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।याकूब (इस्राएल)का बाह्र जना छोराहरू थिए।

यशैया 26:1

त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछनपरमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ। हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।

यशैया 54:12

भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जडनेछु।

यशैया 60:11

तिमीहरूका प्रवेशद्वारहरू सधैं खोलिनेछन्। ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ।

इजकिएल 48:30

“यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ।“उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ।

प्रकाश 21:12

त्यो नगरमा बाह्र ढोकाहरुसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरु थिए। प्रत्येक ढोकामा इस्राएलीहरुका बाह्र वंशहरु मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।

प्रकाश 21:13

पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरु थिए।

प्रकाश 21:21

बाह्र ढोकाहरु बाह्र मोतीहरु थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।

प्रकाश 21:25

नगरको ढोकाहरु कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन।

Interlinear

Choose Theme