Home Bibles ☰ Books भजनसंग्रह 116:17 · नेपाली बाइबल
भजनसंग्रह 116:17 · नेपाली बाइबल

म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।

Cross references

लेवी 7:12

उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्।

व्यवस्था 12:6

त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।

व्यवस्था 12:11

तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।

भजनसंग्रह 50:14

यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।

भजनसंग्रह 107:22

प्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।

भजनसंग्रह 116:13

उहाँले मलाई बचाउनु भयो, यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। अनि म परमप्रभुको नाउँ बोलाउनेछु।

प्रेरित 2:42

ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।

हिब्रू 13:15

यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोडनु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओठबाट निस्केको प्रशंसा नै त्यो बलि हो।

Interlinear

Choose Theme