Home Bibles यर्मिया 33:9 · नेपाली बाइबल
यर्मिया 33:9 · नेपाली बाइबल

जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।

Cross references

प्रस्थान 15:14

“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।

व्यवस्था 30:5

जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।

2 इतिहास 20:29

सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो।

नहेम्याह 6:16

जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विश्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें।

एस्तर 8:17

अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।

भजनसंग्रह 40:3

परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।” धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्, अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्। तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।

भजनसंग्रह 126:2

हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ! अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”

यशैया 43:21

ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।

यशैया 55:13

जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्। वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्। ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिल्यै नाश हुने छैन्।”

यशैया 60:5

यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।

यशैया 62:1

“म सियोनलाई प्रेम गर्छु, यसैले म उसँग लगातार कुरा गर्ने गर्छु। म यरूशलेमलाई प्रेम गर्छु। यसैले म कुरा गर्नु रोकिने छैन्। जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु। जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।

यशैया 62:2

तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।

यशैया 62:7

जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।

यशैया 62:12

उहाँका मानिसहरूलाई यसरी डाकिने छ “पवित्र मानिसहरू,” “परमप्रभुका सुरक्षित मानिसहरू।” अनि यरूशलेमलाई भनिने छ “परमेश्वरले चाहनु भएको शहर,” “परमेश्वरसँगै भएको शहर।”

यर्मिया 3:17

त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।

यर्मिया 13:11

एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”

यर्मिया 26:6

तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”

यर्मिया 29:1

अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए।

यर्मिया 31:4

हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”

यर्मिया 31:14

म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।” परमप्रभु भन्नुहुन्छ।

यर्मिया 44:8

अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैले आफैलाई ध्वंस पारिरहेका छौ। तिमीहरू आफैले आफैलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ।

इजकिएल 36:35

उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।”‘

होशे 3:5

त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।

मीका 7:16

ती अचम्मका कामहरु अन्य जातिहरुले देख्ने छन्, अनि लज्जित हुनेछन्। ती जातिहरुले देख्नेछन्, तिनीहरुको शक्ति मेरो छेउमा केहि पनि होइन। उनीहरु छक्क पर्नेछन् अनि आफ्नो मुख हातले छोप्नेछन् अनि कान बन्द गर्नेछन् र केही पनि सुन्ने छैनन्।

सपन्याह 3:17

परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।

सपन्याह 3:19

त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु जसले तिमीलाई चोट पुर्याए। मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु। म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।

सपन्याह 3:20

त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु, म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु, म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु। प्रत्तेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्। यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। 

जकरिया 1:17

स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मेरो शहरमा फेरि उन्नति हुनेछ, परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ, उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।”

जकरिया 8:20

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।

जकरिया 12:2

“हेर, म यरूशलेमलाई चारैतिरका राज्यहरूका निम्ति यसलाई बिषको बोटुको जस्तो बनाउँछु। अनि सम्पूर्ण यहूदा यरूशलेम झैं घेरामा पर्नेछ।

Interlinear

Choose Theme