परमप्रभु प्रति धन्यवादको गीत गाऊ। उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
Cross references
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्। परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
हे परमप्रभु, उठ्नुहोस र शत्रुतर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउनुहोस्।
संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।
इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।
जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसंग के लिएर जाऊँ? के परमप्रभुको छेउमा एक वर्षको बाछो होमबलि चढाउँन लिएर जाऊ?
आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ।
यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ।