अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।
Cross references
तिम्रो पटुकामा तरवार भिर। तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ! जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।
परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको दखें। त्यो बेंसीमा मेहेंदीको रूखहरुको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरु पनि थिए।
तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए।
त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। तब यहोशूलाई यसो भन।
येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ।
“हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”
हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं।
“म हरेक मानिसलाई, जसले विज. प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसे.
सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”
संसारका राष्ट्रहरु क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरुको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरु अनि अगमवक्ताहरुलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरुलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरु जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरुलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”
मैले हेरें अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया।
मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरु जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरुमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरुसित वीणा थियो जो परमेश्वरले दिएका थिए।
तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”
तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।
स्वर्गका सेनाहरु तिनलाई पछ्याइ रहेका थिए। तिनीहरु सेता घोडामा सवार थिए। तिनीहरु सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।