Home Bibles ☰ Books जकरिया 6:3 · नेपाली बाइबल
जकरिया 6:3 · नेपाली बाइबल

तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए।

Cross references

दानियल 2:33

यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए।

दानियल 2:40

त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ!

जकरिया 1:8

राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको दखें। त्यो बेंसीमा मेहेंदीको रूखहरुको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरु पनि थिए।

जकरिया 6:6

काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।

प्रकाश 6:2

अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।

प्रकाश 6:8

मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरुलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरुद्वारा मानिसहरुलाई मार्ने अधिकार दिइएको थियो।

प्रकाश 19:11

तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।

प्रकाश 20:11

तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

Interlinear

Choose Theme