मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि मानिसहरू मात्र हावाका झोंका हुन्। भनेर।
Cross references
साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्यौं!हामी मार्न लगिएका भेडा जस्तै छौं।
हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरीमर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।
मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।
शास्त्रमा लेखिएको छः“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु म बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”
परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।”