मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
Cross references
तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”
त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसंग कराउँदैछ।
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘
परमप्रभुले भन्नुभएको, ‘हिजो मैले नाबोत र उनका छोराहरूको रगत देखें। यसकारण म आहाबलाई यस खेतमा सजाय दिनेछु।’ परमप्रभुले यस्तो भन्नुभयो। यसकारण योरामका लाश उठाऊ अनि परमप्रभुले भने जस्तै खेतमा फ्याँकिदेऊ।”
राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।
हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती’ पापीहरूलाई दण्ड दिनु होस् असहायहरूलाई नबिर्सनु होस्।
परमप्रभुका वचनहरू तातो आगोमा बिलाएको चाँदी जस्तो सत्य र शुद्ध छन्। तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो। मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।