हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन।
Cross references
मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरदस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु।
अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।
मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।
हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्। तर म तपाईंको आज्ञाहरू भुल्ने छैन।
हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।
हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”
हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्।