Home Bibles ☰ Books भजनसंग्रह 142:6 · नेपाली बाइबल
भजनसंग्रह 142:6 · नेपाली बाइबल

परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदूने ती मानिसहरूबाट बचाउनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।

Cross references

1 शमूएल 24:14

तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो।

भजनसंग्रह 3:1

“हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।

भजनसंग्रह 17:1

हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्। म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु। अनि मैले भनेका कुरामा म ईमान्दार छु। यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।

भजनसंग्रह 18:17

मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे। मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।

भजनसंग्रह 27:13

मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।

भजनसंग्रह 38:19

मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।

भजनसंग्रह 44:24

परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र संकटहरूलाई बिर्सिनु भयो?

भजनसंग्रह 46:2

यसैकारण भुइँचालो आए ता पनि पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।

भजनसंग्रह 57:3

स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ र बचाउँनु हुन्छ। उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।

भजनसंग्रह 59:3

हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्। तिनीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।

भजनसंग्रह 79:8

हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्। चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।

भजनसंग्रह 91:2

म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”

Interlinear

Choose Theme