Home Bibles भजनसंग्रह 89:12 · नेपाली बाइबल
भजनसंग्रह 89:12 · नेपाली बाइबल

उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌।

Cross references

व्यवस्था 3:8

“यस प्रकार हामीले अर्नोन घाटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं।

यहोशू 12:1

इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतफर्का भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेंसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेंसी तफर्का पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्;

यहोशू 19:22

तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए।

न्यायकर्ता 4:6

दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।

न्यायकर्ता 4:12

कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो।

अय्यूब 26:7

परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो। परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।

भजनसंग्रह 24:1

पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।

भजनसंग्रह 24:2

परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।

भजनसंग्रह 65:12

तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।

भजनसंग्रह 98:8

समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।

भजनसंग्रह 115:16

स्वर्गमा परमप्रभुको अधिकारमा छ। तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।

भजनसंग्रह 133:3

यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ। किन? किनभने यो सियोनमा थियो, जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।

यशैया 35:1

खडेरीले डडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्।

यशैया 49:13

हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ। हे पर्वतहरू आनन्दले चिच्याऊ। किन? किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ। परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।

यशैया 55:12

तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।

यर्मिया 46:18

जास्तो म जीवित छु। राजा भन्छन्- यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको कर्मेल पर्वत जस्तै महान हुनेछ।”

Interlinear

Choose Theme