“यस प्रकार हामीले अर्नोन घाटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं।
Cross references
यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।
तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे।
यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।)
तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे।
रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अधिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।
तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।
मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।
पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।