Cross references
कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो। हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो। यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
आकाश पृथ्वी भन्दा अल्गो छ। त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन् अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
हे जङ्गलका पशुहरु! नडराऊ, बनको उजाड खर्कमा हरियाली आउँनेछ। रूखहरुले फलदिन थाल्नेछन्। नेभाराको बोटहरु र दाखको बोटहरुले प्रशस्त फल दिनेछ।