Home Bibles न्यायकर्ता 4:6 · नेपाली बाइबल
न्यायकर्ता 4:6 · नेपाली बाइबल

दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।

Cross references

यहोशू 1:9

याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

यहोशू 19:22

तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए।

यहोशू 19:32

भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।

यहोशू 19:35

यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,

यहोशू 19:37

केदेश, एद्रेई, एन्हसोर,

यहोशू 21:32

नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

न्यायकर्ता 4:10

केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।

न्यायकर्ता 5:1

इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः

न्यायकर्ता 5:14

एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।

न्यायकर्ता 8:18

तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?”जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”

1 शमूएल 10:3

तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइञ्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्।

1 शमूएल 12:11

“यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ।

भजनसंग्रह 7:6

हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।

भजनसंग्रह 89:12

उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌।

भजनसंग्रह 89:13

तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्‍च पारिएको छ।

यशैया 13:2

“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”

यर्मिया 46:18

जास्तो म जीवित छु। राजा भन्छन्- यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको कर्मेल पर्वत जस्तै महान हुनेछ।”

होशे 5:1

“हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।

प्रेरित 13:47

यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ।परमप्रभुले भन्नुभयोः‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।”‘

हिब्रू 11:32

के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन।

Interlinear

Choose Theme