Home Bibles ☰ Books भजनसंग्रह 85:6 · नेपाली बाइबल
भजनसंग्रह 85:6 · नेपाली बाइबल

दया गरी हामीसंग प्रसन्न हुनुहोस्, तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।

Cross references

एज्रा 3:11

आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।

एज्रा 9:8

अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।

भजनसंग्रह 53:6

म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ। त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ। याकूब प्रफुल्लित हुनेछ। इस्राएल आनन्दले ओतप्रोत हुनेछ।

भजनसंग्रह 71:20

यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो, तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो। यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।

भजनसंग्रह 74:1

हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?

भजनसंग्रह 77:8

के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ? के परमेश्वरको प्रेम सदाको निम्ति बिलायो छ?”

भजनसंग्रह 80:18

उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।

भजनसंग्रह 90:14

प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बाँचौं।

भजनसंग्रह 138:7

परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनु होस्।

भजनसंग्रह 149:2

इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।

यशैया 57:15

परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”

यर्मिया 3:5

तिमीले पनि भन्यौ, ‘परमेश्वर मसित सधैं क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”

Interlinear

Choose Theme