Home Bibles भजनसंग्रह 77:8 · नेपाली बाइबल
भजनसंग्रह 77:8 · नेपाली बाइबल

के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ? के परमेश्वरको प्रेम सदाको निम्ति बिलायो छ?”

Cross references

गन्ती 14:34

त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।

गन्ती 23:19

परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।

2 शमूएल 14:14

एक दिन हामी सबै मर्ने नै हौं हामी भँुइमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ।

भजनसंग्रह 13:2

कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?

भजनसंग्रह 74:1

हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?

भजनसंग्रह 85:6

दया गरी हामीसंग प्रसन्न हुनुहोस्, तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।

यशैया 27:11

दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।

यर्मिया 15:18

किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”

लूका 16:25

तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।

रोमी 9:6

हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँचो मानिस छन्।

2 पत्रुस 3:9

जस्तो अरु मानिसहरुले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरु प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्त्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।

Interlinear

Choose Theme