Home Bibles ☰ Books भजनसंग्रह 85:7 · नेपाली बाइबल
भजनसंग्रह 85:7 · नेपाली बाइबल

हे परमप्रभु! हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ। हामीलाई आपत्तिबाट बचाउँनु होस्।

Cross references

भजनसंग्रह 50:23

यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”

भजनसंग्रह 91:16

अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”

यर्मिया 33:10

“यसकारण परमप्रभु भन्नुहुन्छ ‘तिमीहरू भनिरहेकाछौ, ‘हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।

यर्मिया 33:11

तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।

यर्मिया 42:12

म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’

Interlinear

Choose Theme