Home Bibles भजनसंग्रह 81 · नेपाली बाइबल ||

भजनसंग्रह

Chapter 81

नेपाली बाइबल
1खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ। 2संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ। 3जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक। 4त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो। परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो। 5जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ। 6परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ। मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिए। 7तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाकोपानीद्वारा जाँच गरे।” 8“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन। म तिमीहरूलाई मेरो करार-वचन दिनेछु। इस्राएल , कृपया मेरो कुरा ध्यानले सुन। 9कुनै पनि कृत्रिम देवताहरू नमान जुन विदेशीहरूले मान्दछन्। 10म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु। 11“तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ। इस्राएल ले मेरो आज्ञा पालन गरेन। 12यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो। 13यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए। 14तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ। 15परमप्रभुका शत्रुहरू डरले काम्नेछन्। तिनीहरूलाई सदा दण्ड दिइनेछ। 16परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानलेतृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”

Choose Theme