यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
Cross references
तब परमेश्वरले भन्नुभयो,“तिनीहरु मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। 3तिनीहरुको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।”
तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। किन? यसकारण म मिश्रमा आफ्नो महाशक्ति देखाउन सकूँ।”
“तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ,
तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ।
यस्तो घटना भयो किनभने इस्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू माननेन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इस्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।
तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए अनि तपाईंका आदेश पालन गरेनन्।
यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ।
परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।
यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्।
याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।
“तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।
यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ।
“परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं।
तर तिनीहरू मेरो विरूद्ध भए अनि मेरो एक शब्द पनि सुनेनन्। तिनीहरूले आफ्नो डरलाग्दा मूर्तिहरू फ्याँकेनन्। उनीहरूले आफ्नो नराम्रो मूर्तिहरू मिश्रमा छोडेनन्। यसकारण मैले तिनीहरूलाई मिश्रमा नष्ट गर्ने निर्णय गरें अर्थात् आफ्नो क्रोधको पूरै शक्तिको अनुभव गर्न खोजें।
मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँलाई सुनेन्। तिनीहरू फेरि अरू देशहरूमा बरालिनेछन्।
तर परमश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः‘तिमी यहूदीहरूले चालीस र्वषसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं
बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो
मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे।
मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसंग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसंग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले।
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।