ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
Cross references
यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।
तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ जुन ती बाबु हीन नाबालकहरूका हुन्। तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।
दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”
ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए। तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।
हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ जो संकट आईपर्दा बिछिन्न हुँदछ। जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् सहित् मलाई प्रहार गरे।
परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकूँ।