Home Bibles भजनसंग्रह 7:15 · नेपाली बाइबल
भजनसंग्रह 7:15 · नेपाली बाइबल

ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।

Cross references

एस्तर 7:10

यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

अय्यूब 4:8

मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।

अय्यूब 6:27

तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ जुन ती बाबु हीन नाबालकहरूका हुन्। तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।

अय्यूब 15:35

दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”

भजनसंग्रह 9:15

ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

भजनसंग्रह 10:2

घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।

भजनसंग्रह 35:7

मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।

भजनसंग्रह 57:6

मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए। तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।

भजनसंग्रह 94:13

हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ जो संकट आईपर्दा बिछिन्न हुँदछ। जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।

भजनसंग्रह 119:85

कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् सहित् मलाई प्रहार गरे।

भजनसंग्रह 140:9

परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।

भजनसंग्रह 141:10

ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकूँ।

हितोपदेश 5:22

एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

हितोपदेश 26:27

अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।

उपदेशक 10:8

आफूले खनेको खाडलमा आफै पर्न सक्छन। पर्खाल भत्काउनेलाई साँपले डस्न पनि सक्छ।

यशैया 33:11

तिमीहरूले अनुचित कामहरू गर्यौ। ती कुराहरू पराल जस्ता हुन्। तिनीहरू केही काम लाग्ने छैनन्। मेरो आत्मा आगो जस्तो हुनेछ अनि यसले तिमीलाई जलाउनेछ।

यशैया 59:4

कसैले पनि अरूहरूको बारेमा साँचो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झुटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन अनि पापलाई जन्म दिन्छन्।

यर्मिया 18:20

के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ? अँह सम्झना गर, म तपाईं समक्ष उभिएँ अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन तपाईंसित वकालत गरें। तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।

दानियल 6:25

त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखेतिमीहरूलाई शान्ति होस्।

Interlinear

Choose Theme