तिमीहरूले अनुचित कामहरू गर्यौ। ती कुराहरू पराल जस्ता हुन्। तिनीहरू केही काम लाग्ने छैनन्। मेरो आत्मा आगो जस्तो हुनेछ अनि यसले तिमीलाई जलाउनेछ।
Cross references
दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्।
ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन् तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।
तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।
सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।
सम्पूर्ण मानिसहरू दुष्टछन्। यसैले युवावर्गसंग परमप्रभु प्रसन्न हुनुहुन्न्। अनि तिनीहरूका विधवाहरू र टुहरा-टुहरीहरूप्रति परमप्रभु दया दर्शाउनु हुन्न। किन? किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरूद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन यसैले परमेश्वर ती मानिसहरूसंग रिसाएको रहेकै हुनुहुन्छ। परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।
“मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन्। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैनन्। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई ध्वंश गर्ने योजना मात्र गर्दछ।
अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्। परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू बतासले खेद्दै उडाई लैजाने भुस जस्ता हुने छन्। मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।
हामीलाई प्रचण्ड वेदना थियो। तर हामीले हावा मात्र जन्मायौं। हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं। हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
त्यहाँ धूलोका कणहरू जस्तै धेरैजना विदेशीहरू छन्। त्यहाँ हावामा उडने फूलको पराग जस्तै धेरै क्रुर मानिसहरू छन्। अचानक तिमीकहाँ नै आउनेछन्।