Home Bibles यशैया 59:4 · नेपाली बाइबल
यशैया 59:4 · नेपाली बाइबल

कसैले पनि अरूहरूको बारेमा साँचो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झुटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन अनि पापलाई जन्म दिन्छन्।

Cross references

अय्यूब 15:31

दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ। किन? किनभने उसले केही पनि पाउँने छैन।

अय्यूब 15:35

दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”

भजनसंग्रह 7:13

यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ।

भजनसंग्रह 7:15

ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।

भजनसंग्रह 12:3

परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।

भजनसंग्रह 62:4

मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि, ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्। मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्। जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन् तर गुप्त रूपमा भने मलाई सराप्दछन्।

भजनसंग्रह 62:10

सामानहरुलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर।

हितोपदेश 4:16

दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।

यशैया 30:12

इस्राएलका परमपवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ।

यशैया 33:11

तिमीहरूले अनुचित कामहरू गर्यौ। ती कुराहरू पराल जस्ता हुन्। तिनीहरू केही काम लाग्ने छैनन्। मेरो आत्मा आगो जस्तो हुनेछ अनि यसले तिमीलाई जलाउनेछ।

यशैया 59:3

तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।

यशैया 59:13

हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौ। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौ त्यस्तो योजना बनायौं।

यशैया 59:16

परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।

यर्मिया 5:1

परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।

यर्मिया 5:4

तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।

यर्मिया 7:4

कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”

यर्मिया 7:8

“‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।

इजकिएल 22:29

“सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।

मीका 2:1

मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।

मीका 7:2

यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरु यो भूमिमा रहेनन्। हरेक मानिसहरु एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।

प्रेरित 24:9

अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।”

याकूब 1:15

दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढछ, यसले मृत्यु जन्माउँछ।

Interlinear

Choose Theme