Home Bibles ☰ Books अय्यूब 4:8 · नेपाली बाइबल
अय्यूब 4:8 · नेपाली बाइबल

मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।

Cross references

अय्यूब 15:35

दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”

भजनसंग्रह 7:14

दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्।

भजनसंग्रह 7:15

ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।

भजनसंग्रह 7:16

तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

हितोपदेश 22:8

अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

यर्मिया 4:18

“तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”

होशे 8:7

तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।

होशे 10:12

धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बर्साउनु हुनेछ।

होशे 10:13

तर तिमीहरूले दुष्टताको बीऊ रोपेकाछौ अनि तिमीहरूले अन्यायको बाली उठाएकाछौ। तिमीहरूले झूटो फल खाएकाछौ किनभने तिमीहरूले आफ्नै योजना र आफ्नो विशाल संख्याका योद्धाहरूमाथि भरोसा राख्यौ।

2 कोरिन्थी 9:6

याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ।

गलाती 6:7

आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

Interlinear

Choose Theme