Home Bibles ☰ Books भजनसंग्रह 69:24 · नेपाली बाइबल
भजनसंग्रह 69:24 · नेपाली बाइबल

तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव तिनीहरूले पनि गरून्।

Cross references

प्रस्थान 15:15

एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।

लेवी 26:14

“तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ,

व्यवस्था 28:15

“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।

व्यवस्था 29:18

दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।

व्यवस्था 31:17

त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आफ्त र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’

व्यवस्था 32:20

यसकारण परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूलाई त्याग गर्नेछु तब हेरौं के हुन्छ! तिनीहरू विद्रोही मानिसहरू हुन्। तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिकदैन।

भजनसंग्रह 79:6

हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जुन सम्प्रदायले तपाईंलाई चिन्दैन। तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।

यशैया 13:8

प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।

होशे 5:10

यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्। म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।

जकरिया 1:6

अगमवक्ताहरु मेरा सेवकहरु थिए। मैले उनीहरुलाई तिमीहरुका पिता-पुर्खाहरुलाई मेरो ब्याबस्था अनि शिक्षाहरुको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरुका पिता-पुर्खाहरुले शिक्षाहरु ग्रहण गरे। तिनीहरुले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरुले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”

मत्ती 23:35

अनि पृथ्वीमा मारिएका सबै असल ‘मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ।

लूका 21:22

त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।

Interlinear

Choose Theme