यसकारण परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूलाई त्याग गर्नेछु तब हेरौं के हुन्छ! तिनीहरू विद्रोही मानिसहरू हुन्। तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिकदैन।
Cross references
त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आफ्त र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’
तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।
म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुसरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किन? किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”मोशाको स्तुति गीत
अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ, तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ, कारण तिमीहरू धूर्त झूटा छौ।
यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन।
परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै संकटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।
अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्।
यहोशापातका सेनाहरू बिहानै तको मरूभूमि तिर गए। तिनीहरू जसै हिंडन थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”
हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?
तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।
जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”
यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्।
हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।
“म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।
अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु। तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन् तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”
तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।
“आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटाकेटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसंग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसंग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।”
येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसंग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”
“यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्ण गर्नु? तिनीहरू के जस्ता छन्?
म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरुलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्।
विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँचोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।