Home Bibles यशैया 13:8 · नेपाली बाइबल
यशैया 13:8 · नेपाली बाइबल

प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।

Cross references

भजनसंग्रह 48:5

तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे। तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!

भजनसंग्रह 48:7

हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।

यशैया 21:3

मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दुख्छ। त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ। जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो। जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।

यशैया 26:17

हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं, हामी प्रसुतो वेदनामा रूने स्त्री जस्तै थियौं।

यर्मिया 4:31

एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”

यर्मिया 30:6

यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?

यर्मिया 50:43

बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए। उनका हातहरू चल्न छाडे। उसलाई घेर्यो अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”

दानियल 5:5

त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे।

योएल 2:6

मानिसहरु तिनीहरुको अघि डरले थर-थर काम्छन्। तिनीहरु को अनुहार डरले पहेंलो हुन्छ।

नहूम 2:10

अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाशभयो। मानिसहरुको साहस हरायो तिनीहरुको हृदय डरले गलेकोछ। तिनीहरुको घुँडाहरु काम्दैछन्, तिनीहरुको शरीर काम्छ, तिनीहरुको अनुहार डरले पहेंलो भएकाछन्।

यूहन्ना 16:21

जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।

1 थिस्सलोनिकी 5:3

मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

Interlinear

Choose Theme