तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैंको निम्ति दुर्बल हुन दिनुहोस्।
Cross references
“ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।
तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’
मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दुख्छ। त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ। जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो। जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।
आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?
यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।
यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो।‘तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौं। तिमीहरू हेर्न त हेर्छौ तर कहिले देख्दैनौ।
यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,
‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः सुन्न त सुन्छौ तिमीहरूले, तर तिमीहरू बुझ्नेछैनौ! तिमीहरू हेर्छै अनि देख्छौ तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!
तिनीहरूका आखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहुन्।”
दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।
तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझन सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढछन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ।