परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ, उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ। कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।
Cross references
अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान हुनुहुन्छ। तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए तर परमप्रभुले के गर्नु भयो।”
परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
यसैकारण, राजा र शासकहरु बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ, अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!”‘
मैले दुष्ट मानिसहरू सफल भएको देखें। म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
“कतिपय मानिसहरू अत्यन्त अंहकारी हुन्छन्।
तिनीहरू स्वयंलाई शाक्तिशाली र महत्वपूर्ण सोच्दछन्। तर म ती मानिसहरूलाई भन्छु, ‘शेखी नगर!’ ‘यति साह्रो अंहकारी नहौ!”
पृथ्वीमा त्यस्तो कुनै शक्ति छैन जसले कुनै मानिसलाई महत्वपूर्ण पार्छ।
हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्। तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्।
परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।