म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु। तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु, तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु। म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।
Cross references
हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।
परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
“म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ।”
मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ। तिमीहरु त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरु म प्रति विश्वासी छौ। तिमीहरुले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरुको नगरमा मारियो। तिमीहरुको नगर त्याही हो जहाँ शैतान बस्छ।