परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
Cross references
परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरुले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।
परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।
परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ। परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ, जसले परमेश्वरलाई नै खोजिरहेछन्!
परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ, उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ। कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।
परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
“म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ।”
परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।