परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो। उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
Cross references
मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।
इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो।
समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूखा जमीनमा हिंडेर पारि गए।
त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले।“म परमप्रभुको निम्ति गाउनेछु। उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।
पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे।
अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।
त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिंडेर यर्दन नदी पारी पुगे।
तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ।
परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन।
तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।
मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरु जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरुमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरुसित वीणा थियो जो परमेश्वरले दिएका थिए।