Home Bibles ☰ Books भजनसंग्रह 63:8 · नेपाली बाइबल
भजनसंग्रह 63:8 · नेपाली बाइबल

मेरो प्राण तपाईंमा अल्झिन्छ अनि तपाईं मेरो हात समाउनु हुन्छ।

Cross references

उत्पत्ति 32:26

तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”

2 इतिहास 31:21

तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे - परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुसरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।

भजनसंग्रह 18:35

परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।

भजनसंग्रह 37:24

यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।

भजनसंग्रह 41:12

म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो। तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।

भजनसंग्रह 73:23

मैले चाहेका सबै थोकहरू मसँग छन्। म सधैं नै तपाईंसँग साथमा छु। हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।

भजनसंग्रह 73:25

हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।

भजनसंग्रह 94:18

म जान्दछु कि म पतन हुन लागेको थिंए, तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।

भजनसंग्रह 143:6

परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।

श्रेष्ठगीत 2:6

उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ अनि दाइने हातले मलाई अँगालेको छ।

श्रेष्ठगीत 3:2

अब म उठ्छु म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ।

यशैया 26:9

मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।

यशैया 41:10

सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

Interlinear

Choose Theme