Home
Bibles
Bible Study with Steffi
भजनसंग्रह 63 · नेपाली बाइबल
||
Aa
भजनसंग्रह
Chapter 63
नेपाली बाइबल
1
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।
2
हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु। मैले तपाईंको शक्ति र महिमा देखेको छु।
3
तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ। मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
4
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा म मेरो दुई हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
5
मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु। अनि मेरो प्रफुलित ओंठले तपाईंकै गुण गाउँनैछ।
6
म बिछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु। मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
7
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो! म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
8
मेरो प्राण तपाईंमा अल्झिन्छ अनि तपाईं मेरो हात समाउनु हुन्छ।
9
कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन् तर तिनीहरू नाश हुने नै छन्। तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
10
तिनीहरू तरवारले मारिनेन्छन्। जंगली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेन्छन।
11
तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्। किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।
Back to language index
Choose Theme