Home Bibles ☰ Books श्रेष्ठगीत 3:2 · नेपाली बाइबल
श्रेष्ठगीत 3:2 · नेपाली बाइबल

अब म उठ्छु म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ।

Cross references

भजनसंग्रह 22:1

हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!

भजनसंग्रह 42:7

पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।

भजनसंग्रह 43:2

हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ, किन तपाईंले मलाई त्यग्नु भयो? किन तपाईंले मलाई देखाउनु भएन कि कसरी म मेरो शत्रुदेखि भाग्नु।

भजनसंग्रह 77:7

म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो? के फेरि उहाँ हामीसित खुशी हुनु हुन्न?

हितोपदेश 1:20

सुन, ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छ। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।

हितोपदेश 8:2

ऊ अग्लो ठाउँहरू माथि उभिन्छे जहाँबाट दोबाटो देखिन्छन्।

हितोपदेश 8:34

जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।

श्रेष्ठगीत 1:7

म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?

श्रेष्ठगीत 5:5

म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल माथि चुहे।

यशैया 64:7

हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।

यर्मिया 5:1

परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।

मत्ती 26:40

त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?

लूका 14:21

त्यसपछि त्यो नोकर र्फकियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।

Interlinear

Choose Theme