Home Bibles ☰ Books भजनसंग्रह 49:2 · नेपाली बाइबल
भजनसंग्रह 49:2 · नेपाली बाइबल

प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।

Cross references

1 शमूएल 2:7

परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।

अय्यूब 34:19

परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

भजनसंग्रह 62:9

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्।

हितोपदेश 22:2

सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

यशैया 34:1

सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ।

यर्मिया 5:4

तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।

मीका 1:2

हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।

याकूब 1:9

यदि विश्वासी निर्धन भए उ र्गवित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ।

याकूब 2:1

मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।

प्रकाश 6:15

तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।

Interlinear

Choose Theme