Home Bibles ☰ Books भजनसंग्रह 49:3 · नेपाली बाइबल
भजनसंग्रह 49:3 · नेपाली बाइबल

म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु। मेरो विचारले तिमीहरुलाई बुझ्न सहायता गर्नेछ।

Cross references

व्यवस्था 32:2

मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।

अय्यूब 33:3

मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।

अय्यूब 33:33

तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”

भजनसंग्रह 4:3

तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।

भजनसंग्रह 19:14

आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला। परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

भजनसंग्रह 37:30

धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।

भजनसंग्रह 45:1

जब म यी कुराहरू राजाको निम्ति लेख्छु सुन्दर शब्दहरूले मेरो मस्टिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन् मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।

भजनसंग्रह 104:34

भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।

भजनसंग्रह 119:130

कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।

हितोपदेश 4:1

हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।

हितोपदेश 8:6

तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।

हितोपदेश 22:17

राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।

हितोपदेश 22:20

तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।

मत्ती 12:35

असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। हृदयमा थुपारेको यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ।

Interlinear

Choose Theme