Home Bibles ☰ Books यर्मिया 5:4 · नेपाली बाइबल
यर्मिया 5:4 · नेपाली बाइबल

तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।

Cross references

यशैया 27:11

दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।

यशैया 28:9

परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्।

यशैया 29:12

अथवा तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिन सक्छौ जसले पढन सक्दैन्। अनि त्यस मानिसलाई पढ भनेर भन्। त्यस मानिसले भन्नेछ, “म यो पुस्तक पढन सक्तिन किनभने म पढन जान्दिन्।”

यर्मिया 4:22

परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”

यर्मिया 7:8

“‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।

यर्मिया 8:7

आकाशमा उडने चरा-चुरूङ्गीहरूले पनि आफ्नो ठीक समय जान्दछन्, अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले आफ्नो नयाँ घरमा जाने समय जान्दछन् तर मेरा मानिसहरू जान्दैनन् परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ।

होशे 4:6

“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु।

मत्ती 11:5

अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।

यूहन्ना 7:48

अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन!

Interlinear

Choose Theme