Home Bibles ☰ Books भजनसंग्रह 40:10 · नेपाली बाइबल
भजनसंग्रह 40:10 · नेपाली बाइबल

हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिन। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइन।

Cross references

भजनसंग्रह 22:26

नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ! तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर! तिमीहरूका हृदयहरू सधैंको निम्ति खुशी रहोस्।

भजनसंग्रह 25:10

परमप्रभु सधैं ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

भजनसंग्रह 34:6

यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।

भजनसंग्रह 75:9

म यस बारेमा सधैं मानिसहरूलाई भन्नेछु। म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।

भजनसंग्रह 89:1

म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु।

यशैया 49:6

“तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”

इजकिएल 2:7

तिमीले तिनीहरूसँगयी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँगभन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्।

इजकिएल 3:17

“हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेताउनी दिनुपर्नेछ।

मीका 7:20

तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो। 

लूका 2:30

किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।

लूका 3:6

सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘

यूहन्ना 1:17

मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।

Interlinear

Choose Theme