मैले तबसम्म विश्वास गरेकी थिइन जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइन। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ।
Cross references
हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्। तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन्। कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्। तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न्। यदि मानिसहरूमा धैर्य भए अनि तपाईंको सहयोग पर्खेको भए, तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो।
प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।
मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।
अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास र्गदिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औलाँ त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”
तर, जस्तो शास्त्रमा लेखिएको छः“कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”
प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।