भजनसंग्रह 48:12 · नेपाली बाइबल
सियोनको चारैतर्फ हिंड्। शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
Cross references
नहेम्याह 12:31
त्यस पछि मैले यहूदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुइ विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरें। एक समूह गायकदल दाहिनेतिर कसिङ्गरे द्वारतर्फ पर्खाल माथि गए।
भजनसंग्रह 97:8
हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
यशैया 33:18
तिमीहरूले पहिलेका दुख र यातनाहरूको बारेमा सोच्नेछौ। तिमीहरूले सोच्नेछौ, “कहाँ छन् ती अन्य देशहरूबाट आएका मानिसहरू? तिनीहरूले बोलेको भाषा हामी बुझ्न सक्दैनौ।
मत्ती 24:1
जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।