जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।
Cross references
चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम। यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्युँ फर्काउनेछु। म तिम्रो भूमि रित्तो मरूभूमि जस्तै पारिदिने छु। कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन्।”
यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।
तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।”
यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिबस्थ्यो। किन? किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो।
तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।
येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
म भन्दछु, अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन् भन्दै उसलाई स्वागत नगरूञ्जेल सम्म तिमीहरूले मलाई ख्नेछैनौ।”‘
येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला ठूला ढुंगाहरूले बताएर अति सुन्दर भएको छ।”
केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो । परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”
यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”