Home Bibles भजनसंग्रह 48:13 · नेपाली बाइबल
भजनसंग्रह 48:13 · नेपाली बाइबल

अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।

Cross references

व्यवस्था 11:19

यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैं सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ।

भजनसंग्रह 71:18

अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।

भजनसंग्रह 78:4

अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।

भजनसंग्रह 122:7

मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।

यशैया 33:20

सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यरूशलेममा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यरूशलेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेलिने छैन्। खाँबाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन्। उसका कीलाहरू कहिल्यै चुँडिने छैन्।

यशैया 58:12

तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”

इजकिएल 21:25

अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”

योएल 1:3

तिमीहरुका छोरा-छोरीहरुलाईयो कुरा बताऊ, अनी तिम्रो छोरा-छोरीहरुले उनीहरुका छोरा-छोरीहरुलाई बताउँने छन्। तिमीहरुको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।

आमोस 9:11

“त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरु र नष्ट भएका भवनहरु मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु।

प्रेरित 15:14

शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो।

Interlinear

Choose Theme