तिमी अचम्मको देखिन्छौ। धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित, तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।
Cross references
तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
जसले तपाईंको उपासना गर्छन उसैलाई चेताउनी दिनुभयो। अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।
हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।
परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो।
एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”
हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।
उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ। उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाँहादैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।”‘