Home Bibles ☰ Books 2 कोरिन्थी 10:1 · नेपाली बाइबल
2 कोरिन्थी 10:1 · नेपाली बाइबल

म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।

Cross references

भजनसंग्रह 45:4

तिमी अचम्मको देखिन्छौ। धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित, तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।

यशैया 42:3

ऊ भद्र हुनेछ। उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।

जकरिया 9:9

हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।

मत्ती 11:29

मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।

मत्ती 12:19

उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ। उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।

मत्ती 21:5

“सियोनको नगरलाई भन, ‘अब तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ, उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।”‘

प्रेरित 8:32

उसले पढदै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः“जसरी भेडा काटिन लगिन्छ भेडको पाठा कत्रनेको चुपचाप सामु उभिन्छ, त्यसरी नै उनी रहे।

रोमी 10:20

त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”

रोमी 12:1

यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।

रोमी 15:15

मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ।

1 कोरिन्थी 2:3

जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ।

1 कोरिन्थी 4:10

ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि संझन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू संझन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन।

Interlinear

Choose Theme