तिमीले तिनीहरूसँगयी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँगभन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्।
Cross references
उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।”
तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
यर्मिया तिमी चाहिँ, तैयार हौ उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आदेश तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ नत्र म तिमीलाई भयभीत पार्नेछु।
तिनीहरू सबै विद्रोही हुन र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्। तिनीहरू सबै काँसा र फलाम जस्तै छन् तिनीहरू विनाशकहरू हुन्।
पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।
परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।
तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।
तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने।
तिनीहरूले तिम्रो कुरा सुन्नेछन् वा सुन्नेछैनन् किनभने तिनीहरू बिद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सकुन् कि तिनीहरूको माझमा एक जना अगमवक्ता छन्।
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन।
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ।
“हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेताउनी दिनुपर्नेछ।
“तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।”
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”