परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ।
Cross references
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए।
तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो।
यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैले आफूलाई जाँच गरिरहेका हुनेछौ।
धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”
परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे।
हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।
यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन।
यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए।
किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।
तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?
हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।
अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”
अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक , कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट यशूमा तिमीहरू सब एक हौ।
अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो
यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमरा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।
यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।”अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”