यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
Cross references
“हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ अनि तिम्रा बाबु इस्राएलले भनेको सुन।”
सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ।
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”
अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोडने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ।
परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो। म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।
तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”
धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा सर्वदाको निम्ति जारी रहनेछ।
अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”
हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ।
परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।
तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किन कि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजून्।
परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।
अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान।
धर्मशास्त्रले भन्छ,“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।”